नेपालले निर्यात गर्‍यो ८ करोडको अगरबत्ती

नेपालभ्युज

नेपालले निर्यात गर्‍यो ८ करोडको अगरबत्ती

काठमाडौं। नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को तथ्यांकअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो ।

नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको पाइएको छ । जसमध्ये, अस्ट्रेलिया, अस्ट्रेलिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत निर्यात हुने गरेको छ ।

यसैगरी, अमेरिकामा २ करोड ४० लाख रुपैयाँको अगरबत्ती निर्यात हुँदा ताइवानमा ७७ लाख रुपैयाँको र स्पेनमा ६८ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । यस्तै, रसियामा ३० लाख, पोल्यान्ड मा १५ लाख र जर्मनीमा ५५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, फ्रान्समा ५८ लाख र क्यानडामा १५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved