नेपालीले चपाए एक वर्षमा ३ करोड भन्दा बढीको पान

३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात

नेपालभ्युज

नेपालीले चपाए एक वर्षमा ३ करोड भन्दा बढीको पान

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८–७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved