सदगुुरु पुनः नेपाली भूमि हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने

नेपालभ्युज

सदगुुरु पुनः नेपाली भूमि हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने

सुर्खेत। भारतीय सदगुरु पुनः नेपाली भूमि हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने भएका छन्। गत वर्षको भदौमा हुम्लाको लाप्चाबाट मानसरोवर र कैलाशको दर्शन गरेका थिए।

यो वर्षको भदौमा पनि सदगुरुले ठूलो समूहसहित हुम्लाको लाम्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने भएका छन्।
भदौ ३ गते सदगुुरु हुम्लाको सिमिकोट आएर लाप्चातर्फ लाग्ने कार्यक्रम रहेको पर्यटन तथा होटेल व्यवसायी विजय लामाले बताए।

‘‘सदगुुरुका साथमा एक हजारदेखि एक हजार चार सय जना पर्यटक नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने कार्यक्रम रहेको छ ’’ उनले भने, ‘‘टोलीमा १७ भन्दा बढी देशका धार्मिक पर्यटक सहभागी हुनेछन्।’’

सदगुरु हुम्लाको सिमिकोटसम्म हवाई जहाजबाट आउने र सिमिकोटबाट भने हेलिकोप्टरबाट क्याम्पअनुसार बास बस्दै जाने कार्यक्रम रहेको लामाले बताए। सद्गुरुका लागि चार वटा हेलिकोप्टर बुक भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved