बञ्चरेडाँडाका बासिन्दाले भदौ १ देखि काठमाडौंको फोहोर फाल्न नदिने

नेपालभ्युज

बञ्चरेडाँडाका बासिन्दाले भदौ १ देखि काठमाडौंको फोहोर फाल्न नदिने

काठमाडौं। सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न नदिने घोषणा गरेका छन्।

डेढ महिनाअघि २७ जेठमा गतसरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको भन्दै फोहोरमैला फाल्न नदिने घोषणा गरेका हुन्।

सरकारले पटकपटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएकाले आफूहरू नयाँ चरणको आन्दोलन शुरू गर्न बाध्य भएको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।

सिसडोल डम्पिङ साइटमा पहिरो गएर र त्यसपछि बञ्चरेडाँडा डम्पिङ साइट जाने बाटो मर्मतका कारण तीन सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन। अब फेरि स्थानीयको आन्दोलनको कारण फोहोर नउठ्ने भएको हो।

काठमाडौं महानगरपालिकाले भने साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। बिहीबारदेखि फोहोर उठाउन शुरू गर्ने बताएको थियो।

जेठ २७ गते तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संघर्ष समितिका संयोजक ढुङ्गानासहित काठमाडौंका सांसदहरूको उपस्थितिमा सम्झौता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved