साफ यू-२० च्याम्पियनसिप

जुनियर फुटबलमा नेपालको लगातार दोस्रो जीत, श्रीलंकालाई ३-० ले हराउँदै फाइनल नजिक

नेपालभ्युज

जुनियर फुटबलमा नेपालको लगातार दोस्रो जीत, श्रीलंकालाई ३-० ले हराउँदै फाइनल नजिक

काठमाडौं ।  साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जीत निकालेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराएको हो । पहिले खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो ।

नेपालको जीतमा दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । नेपालले सबै गोल दोस्रो हाफमा गरेको थियो । ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट नेपालले अग्रता बनाएको थियो ।

अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।

६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा गोल गरे । ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गरेपछि नेपाल ३-० को अन्तरमा विजयी भयो ।

May be an image of 5 people and people standing

२ खेलबाट ६ अंकसहित अंक तालिकामा शिर्ष स्थानमा रहेको नेपाल प्रतियोगिताको फाइनल नजिक समेत पुगेको छ ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बंगलादेशसँग १-० गोल अन्तरले हारेको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

No photo description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved