संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

नेपालभ्युज

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं। केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।

सुनुवाइ शुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरूले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरूबाट लिखित जवाफ आउनुपर्ने माग गरेपछि स्थगित भएको हो।

उनीहरूले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ। उनीहरूले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved