राप्रपाले देशभर थाल ठटाउने

नेपालभ्युज

राप्रपाले देशभर थाल ठटाउने

काठमाडौं। बुधबारबाट दोश्रो चरणको आन्दोलन गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ वटै जिल्लामा थाल ठटाउने भएको छ।

पूर्व घोषित कार्यक्रमअनुसार आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

भान्सा महंगो भएर थेग्न नसक्ने अवस्थामा पुगेको विषयमा सरकारको ध्यानाकर्षण गर्न देशभर ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved