टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक युवा बेपत्ता

नेपालभ्युज

टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक युवा बेपत्ता
फाइल फोटो

सुर्खेत। सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन्।

जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षको वेद बहादुर बस्नेतले बेपत्ता भएका हुन्।

मंगलबार दिउँसो साथीहरूसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा बनगाड कुपिण्डे नगरपालिका ९ मा रहेको कुपिण्डे तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved