‘छक्कापञ्जा–४’ को शुभमुर्हूत 

नेपालभ्युज

‘छक्कापञ्जा–४’ को शुभमुर्हूत 

काठमाडौं। फिल्म ‘छक्कापञ्जा–४’ को शुभमुर्हूत गरिएको छ। आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को सोमबार सूर्य विनायक मन्दिर, भक्तपुरमा घोषणा तथा शुभमुर्हूत कार्यक्रम सम्पन्न भएको हो।

तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन्। चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार जितु फूल लिएर भक्तपुर पुगेका थिए। दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुनसक्ने आशंका गरिएको छ।

घोषणा गरिएको सो चलचित्र २०१६ मा बनेको ब्लकबस्टर हास्य चलचित्र ‘छक्का पञ्जा’ को चौथो संस्करण हो।
तेस्रो सिरिजसम्म चलचित्रलाई निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले निर्देशन तथा निर्माण गरेकी थिइन्। तर, यो चौथो संस्करणलाई भने निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन्।

चलचित्रमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, बेनिशा हमाल, मलिना जोशी र केदार घिमिरे (माग्ने बूढा) अनुबन्धित भइसकेका छन्। चलचित्र यसै असोज महिनामा फ्लोरमा जाने तयारीमा रहेको निर्माण टिमको भनाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved