भारतमा कोरोनाका बीस हजार बढी संक्रमित थपिए, ३६ को मृत्यु 

नेपालभ्युज

भारतमा कोरोनाका बीस हजार बढी संक्रमित थपिए, ३६ को मृत्यु 

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा कोभिडका कारण २० हजार २७९ संक्रमित थपिएका छन्। योसँगै भारतमा महामारी शुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ८८ हजार ७५५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिडबाट ३६ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ५२ हजार २०० जना कोभिडका सक्रिय संक्रमित छन्।

कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved