वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल गर्छुः स्वास्थ्य राज्यमन्त्री

नेपालभ्युज

वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल गर्छुः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताएका छन्।

वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन्।

उनले भने, “नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ। वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ।”

उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए। सो अवसरमा वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निःशुल्क हुँदै आएको र यसले बिरामीलाई राहत पुगेको बताइन्। वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved