१९औँ एसियाली खेलकुद आउँदो वर्षको सेप्टेम्बरमा शुरु हुने

१९औँ एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा शुरु गर्ने घोषणा गरेको हो।

नेपालभ्युज

१९औँ एसियाली खेलकुद आउँदो वर्षको सेप्टेम्बरमा शुरु हुने

काठमाडौं। १९औँ एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा शुरु गर्ने घोषणा गरेको हो।

अब १९औँ एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ ।

यसअघि यही सन २०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो।

प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरूसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved