भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन

भारतका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको एक अस्पतालमा सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालभ्युज

भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन

काठमाडौं। भारतका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको एक अस्पतालमा सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए। सिंहले धेरै बलिउड गीतहरूमा आफ्नो आवाज दिएका छन्।

उनले ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’, ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘आहिस्ता आहिस्ता’, ‘दूरियाँ’, लगायतका चर्चित गीत गाएका छन्।

भूपेन्द्र सिंहको जन्म ६ फेब्रूअरी १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो। उनले सन् १९८० मा बंगाली गायिका मिताली मुखर्जीसँग विवाह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved