काठमाडौंमा १८ वर्ष माथिका लागि आजदेखि बुस्टर खोप लगाइने

काठमाडौंमा आज मंगलबारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइँदैछ। काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा खोप उपलब्ध हुनेछ।

नेपालभ्युज

काठमाडौंमा १८ वर्ष माथिका लागि आजदेखि बुस्टर खोप लगाइने

काठमाडौं। काठमाडौंमा आज मंगलबारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइँदैछ। काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा खोप उपलब्ध हुनेछ।

१८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए।

आजदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ। दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ।
ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ।

खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved