प्रतिबन्धपछिको समस्याहरूको समाधान खोज्ने रूसी राष्ट्रपति पुटिनको प्रतिवद्धता

रूसले घरेलु कम्पनीहरूको नयाँ आविस्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्ने पुटिनले बताए।

नेपालभ्युज

प्रतिबन्धपछिको समस्याहरूको समाधान खोज्ने रूसी राष्ट्रपति पुटिनको प्रतिवद्धता
राष्ट्रपति भ्लादिमिर पुटिन

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन्।

रूसी प्रशासन केन्द्र, क्रेमलिन प्रमुखले देशको विकासलाई निषेध गर्न पश्चिमले उच्च प्रविधिका उत्पादनबाट रूसलाई कटौती गर्न प्रतिबन्ध लगाएको बताए।

एउटा सभामा सम्बोधन गर्दै पुटिनले भने, “यो हाम्रो देशको लागि ठूलो चुनौती हो। हामीले सामना गरिरहेका समस्याहरूको समग्र परिमाणलाई बुझेर हामीले सक्रियरूपमा नयाँ समाधान खोज्नेछौं।”

रूसले घरेलु कम्पनीहरूको नयाँ आविस्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्ने पुटिनले बताए।

प्रतिबन्धको कारण अनलाइन रिटेलर ओजोन वा टेक्नोलोजी कम्पनी यान्डेक्सजस्ता धेरै द्रूत गतिमा बढ्दै गइरहेका रूसी कम्पनीहरूलाई पश्चिमी वित्त व्यवस्थापनबाट हटाइएको उनले बताए।

त्यस्ता कम्पनीले घरमै आवश्यक वित्तीयकरणलाई आकर्षित गर्न र आफ्नो विकासलाई निरन्तरता दिन सकियोस् भनेर रूसले छिट्टै विकल्पहरू सोच्नुपर्नेमा उनले जोड दिए। भने, “म वित्त मन्त्रालय र बैंक अफ रसिया दुवैका विस्तृत प्रस्तावहरूको प्रतीक्षामा छु।”

फेब्रुअरी २४ मा पुटिनले युक्रेनमा फौज पठाएपछि एप्पल, माइक्रोसफ्ट र इन्टेललगायत धेरै प्रमुख प्राविधिक कम्पनीहरूले रूसमा आफ्नो सेवा निलम्बन गरेका छन्। कतिपयले पूरै देशबाट बाहिरिएको घोषणा गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved