PORT ELIZABETH, SOUTH AFRICA - JANUARY 17: Ben Stokes of England celebrates scoring 100 runs during day 2 of the 3rd Test match between South Africa and England at St Georges Park on January 17, 2020 in Port Elizabeth, South Africa. (Photo by Ashley Vlotman/Gallo Images/Getty Images)
एजेन्सी। इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
मंगलबार हुने दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलपछि एकदिवसीय खेल नखेल्ने घोषणा उनले गरेका हुन्।
स्टोक्सले आफ्नो विज्ञप्ति जारी गर्दै मंगलबारको खेल नै आफ्नो अन्तिम एकदिवसीय खेल्ने बताएका छन्। सन् २०१९ मा इंग्लयाण्डलाई पहिलोपटक विश्वकप उपाधि जितेको थियो, उक्त जितमा स्टोक्सले महत्वपूर्ण भूमिका निभएका थिए।
उनले विश्वकप प्रतियोगितामा ४६५ रन बनाएका थिए भने फाइनल खेलमा उत्कृष्ट इनिङ खेलेका थिए।
सुपर ओभरमा खेल बराबरीमा पर्दा स्टोक्सको अविजित ८४ रनको सहयोगमा इंग्ल्याण्डले बाउन्ड्री काउन्टका आधारमा खेल जितेको थियो। फाइनलमा उनी म्यान अफ द म्याच बनेका थिए। सन् २०११ मा उनले आयरल्याण्डविरुद्ध एकदिवसीय डेब्यू गरेका थिए।
स्टोक्सले आफ्नो करियरमा २ हजार ९१९ रन बनाएका छन् भने ७४ विकेट लिएका छन्।
Facebook Comment
Comment