कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्र ‘काख्रे’

नेपालभ्युज

कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्र ‘काख्रे’

दोहा। तामाङ चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ।

कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ‘काख्रे’ २९ जुलाईदेखि कतारमा प्रदर्शन हुन लागेको हो।

नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।

कोरोनाका कारण प्रदर्शन हुन नसकेको चलचित्र ‘काख्रे’ राष्ट्रिय नाचघर जमलमा भने प्रदर्शन भइसकेको छ। चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी दिएको छ। कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक
सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुत रहनेछ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, मायास्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ।

प्रकाश  तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द्व राजु किराँतको रहेको छ भने शृंगार अस्मिताको रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved