साउने सोमबार (तस्वीरहरूमा हेर्नुहोस्)

नेपालभ्युज

साउने सोमबार (तस्वीरहरूमा हेर्नुहोस्)

काठमाडौं । साउनको पहिलो सोमबार देशभरका विभिन्न शिवालयमा भक्तजनहरूको भीड लागेको छ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत शुरु गर्छन्। साउनको सोमबार ब्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved