एजेन्सी। सचिन तेंडुलकर- जसले २४ वर्ष २२ गज जमिनमा जीवनका आफ्ना तीतामीठा दिन गुजारेका थिए, उनीसँग आज ६६६ गज (६ हजार स्क्वायर फिट)को आफ्नै बंगला छ। संघर्षका शुरुआती दिनमा दौरान मारुती ८०० किनेका उनीसँग आज २० करोडका ७ कार छन्।
आज पनि सबैभन्दा बढी कमाउने भारतीय रिटायर्ड सेलिब्रेटीको सूचीमा सचिनको नाम अग्रस्थानमा छ। सन् २००१ मा उनले एक ब्राण्डसँग एक करोड भारतीय रुपैयाँमा डिल साइन गरेको चर्चा अझै खेलकुद जगतमा हुन्छ। सबैभन्दा महँगो सम्झौता गर्ने पहिलो भारतीय क्रिकेटर उनी नै थिए।
हाल मुम्बईको बान्द्रामा सचिनको आलिसान बंगला छ। आजका दिनमा उक्त बंगलाको मूल्य १०० करोड भारतीय रुपैयाँभन्दा धेरै छ। सचिनले उक्त बंगला उनले सन् २००७ मा ३९ करोडमा किनेका थिए। सचिनको उक्त बंगला एक पारसी परिवारले सन् १९७० मा बनाएको थियो।
सचिनले बंगला किनेर पुनःनिर्माण गरे, जसलाई पूरा हुन ४ वर्ष लागेको थियो। ६ हजार स्क्वायर फिटमा फैलिएको यो बंगला तीन तलाको छ। जसमा तल्लो तहमा ४० देखि ५० कार पार्क गर्ने ठाउँ छ। बंगलाको पहिलो तल्ला उनकी श्रीमती अञ्जली र छोराछोरी अर्जुन–साराले संयुक्त रुपमा डिजाइन गरेका हुन्।
सचिनको यो बंगलाको सबैभन्दा सुन्दर ठाउँ यसको टेरेस हो, जसमा स्विमिङ पूलका साथै जिम पनि छ। यस बंगलासँग सम्बन्धित सबैभन्दा खास र रोचक कुरा के हो भने सचिनले यस बंगलाको १०० करोड रुपैयाँको बीमा गरेका छन्। यसबाहेक सचिनको बान्द्राको कुर्ला कम्प्लेक्समा एउटा फ्ल्याट पनि छ, जसको मूल्य करीब ८ करोड रुपैयाँ छ। केरलामा उनको एउटा वाटर फेसिंग घर पनि छ। यसको मूल्य ७८ करोड रुपैयाँ छ।
स्पोर्ट्स कीडा वेबसाइटका लन्डनको लर्ड्स क्रिकेट स्टेडियम नजिकै सेन्ट जोन्स वुडमा पनि सचिनको घर छ। सचिन प्राय: बिदा मनाउन त्यहाँ जाने गर्छन्। मिडिया रिपोर्टका अनुसार सचिनले यो फ्ल्याट करीब ४७ करोड रुपैयाँमा किनेका थिए।
सेन्ट जोन्स वुड लन्डनको सबैभन्दा महँगो क्षेत्रहरूमध्ये एक हो। सचिनबाहेक प्रसिद्ध इंग्लिस फुटबलर ग्यारी लिनेकर र ब्रिटिश बक्सर आमिर खानको सेन्ट जुन्स वुडमा घर छ। लन्डनमा रहेको यस फ्ल्याटको सबैभन्दा विशेष के छ भने क्रिकेटको मक्का भनिने लर्ड्स स्टेडियम उनको बालकोनीबाट देख्न सकिन्छ।
जीक्यूलाई दिएको एक अन्तर्वार्तामा सचिनले आफूलाई गणना गर्न मन नपर्ने बताएका थिए। उनी कार, लुगा, जुत्ता, अत्तर र घडी जस्ता धेरै चीजहरू मन पराउँछन्। तर यस्ता चिजको उनले कहिल्यै गणना गर्दैनन्, उनीसँग भए पनि मन परेका यस्ता सामान उनी किनिहाल्छन्।
महँगा घडीको शौख
हाल, उनीसँग लक्जरी घडीहरूमा फ्रान्क मुलर, पनेराइ, जिरार्ड-पेरेगाक्स रोलेक्स र अडेमार्स पिगेट छन्। यीमध्ये सचिनको मनपर्ने ब्रान्ड एपी अर्थात् ब्गमझबचक एष्नगभत हो। सचिनसँग एपीको अडिमर्स पिग्युट कार्बन कन्सेप्ट घडी छ, जुन उनले २ करोड रुपैयाँमा किनेका हुन्।
८ मिनेट अगाडि हुन्थ्यो उनको घडीमा समय
धेरैलाई थाहा नहुनसक्छ, उनी सधैँ आफ्नो घडीको मिनेट सुई समयभन्दा ७-८ मिनेट अगाडि राख्थे। यसका कारणबारे उनले बताएका छन्, ‘‘जहिले जुनसुकै ठाउँमा पनि म पहिले पुग्न चाहन्थेँ। चाहे त्यो अभ्यास होस्, म्याच होस्, कुनै घटना होस्, बैठक।”
सन्यास लिएको ९ वर्षपछि पनि उस्तै छ स्टारडम
एक रिपोर्टका अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १ हजार २७१ करोड भारु रहेको छ। क्रिकेटबाट सन्यास लिएपछि पनि उनको कमाइ जारी छ। उनले विभिन्न ब्रान्डको विज्ञापन गरेर हरेक वर्ष करीब १८ करोड कमाउँछन्।
सचिनले बूस्ट, पेप्सी, एमआरएफ, एडिडास, ब्रिटानिया, तोशिबा, क्यास्ट्रोल इन्डिया, कोकाकोला जस्ता धेरै ब्रान्डलाई समर्थन गरेका छन्। सचिन टायर कम्पनी एमआरएफसँग १०० करोडको ब्रान्ड सम्झौता गर्ने पहिलो भारतीय क्रिकेटर पनि हुन्।
सन् २०१४ मा, सचिनले आफ्नो आत्मकथा,‘प्लेइङ इट माई वे’ सार्वजनिक गरे। जुन छोटो समयमा बढी प्रति बिक्ने बुकअन्तर्गत पर्छ।
सचिन कारमा पनि उत्तिकै शौखिन छन्। मिडिया रिपोर्टका अनुसार उनीसँग जम्मा १३ करोड मूल्यका ७ कार छन्। यसबाहेक उनको पहिलो कार मारुती ८०० पनि छ। सचिनले यो कार सन् १९८९ मा किनेका थिए।
सचिनको कार संकलनमा सबैभन्दा विशेष बीएमडब्लू आई-८ हो। यो हाइब्रिड स्पोर्ट्स कार हो। उसो त उनी बीएमडब्लूका ब्राण्ड एम्बेस्डर पनि हुन्। बीएमडब्लूपछि उनलाई फरारी सिरिजका कार पनि मन पर्छन्। उनले गरेका कार संकलनमध्ये फेरारी ३६० मोडेना पनि विलासी कार हो। उनले उक्त कार किनेपछि देशैभर चर्चा भएको थियो, यति मात्रै होइन एउटा फिल्म पनि बन्यो-जुन सचिनले किनेकै कारको चर्चापछि लेखिएको कथा थियो। तर उनले यो कार किनेका होइनन्, रेसर माइकल शुमाकरले उनलाई उपहारस्वरूप दिएका हुन्।
सफल उद्यमी पनि हुन् सचिन
सफल खेलाडी मात्रै नभएर सचिन एक सफल उद्यमी पनि हुन्। कपडा ब्रान्ड ट्रु ब्लू तेन्दुलकर र अरविन्द फेशन ब्रान्ड्स लिमिटेडबीचको संयुक्त उद्यम हो, जुन २०१६ मा शुरु भएको थियो। सचिनले एक अन्तर्वार्तामा आफ्नो छोरा अर्जुनबाट फेसन टिप्स लिने बताएका थिए। सन् २०१९ मा सचिनले अमेरिका र बेलायतको बजारमा पनि यो ब्रान्ड लन्च गरेका थिए।
यद्यपि, यो ब्रान्ड अहिले पुरुषका कपडाको लागि मात्र हो। सचिनले चाँडै नै महिलाका लागि पनि यस ब्राण्डका कपडा बजारमा लैजाने योजना रहेको बताएका छन्। आगामी ५ वर्षमा उक्त ब्राण्डको वार्षिक नाफा २०० देखि ३०० करोडसम्म पुर्याउने उनको लक्ष्य छ।
सचिनले देशका लागि खेल्न छोडे पनि उनी खेलबाट टाढा छैनन्। २०१४ मा उनले इन्डियन सुपर लिग (आईएसएल) फ्रेन्चाइजी केरला ब्लास्टर्स एफसी, ब्याडमिन्टन प्रिमियर लिग टोली बेंगलुरु ब्लास्टर्स र कबड्डीमा मास्टर ब्लास्टर्सको सह फाउन्डर थिए। तर २०१८ मा उनले उक्त कम्पनीको आफ्नो स्वामित्व बेचेका थिए।
Facebook Comment
Comment