इन्धन खरिदका लागि श्रीलंकाले गर्‍यो रुससँग छलफल

ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको छ। मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको श्रीलङ्काले जनाएको हो।

नेपालभ्युज

इन्धन खरिदका लागि श्रीलंकाले गर्‍यो रुससँग छलफल

काठमाडौं। ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको छ। मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको श्रीलङ्काले जनाएको हो।

टापु राष्ट्र श्रीलङ्का ठूलो आर्थिक संकटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ। यो समयमा इन्धन अभाव टार्ने विविध उपाय खोजी गरिरहेको छ।

विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार पत्रकार सम्मेलन गर्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गरे।

“हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौँ। हामीलाई मदत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्याङ्कन गर्छौँ। अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ,” विजेसेकेराले भने।

“हामी रुस सरकारसँग पनि छलफलमा छौँ। शुरुको इन्धनका लागि भएको बैठक रूसमा सम्पन्न भएको छ। हामीले आफ्नो आवश्यकता पूरा गरेका छौँ र त्यसैअनुसार काम गरिरहेका छौँ। श्रीलङ्कामा कस्तो प्रकारको सुविधा हुनेछ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौँ,”उनले थपे।

विजेकाराले हिजो राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ। नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्नेछ। सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बर अनुसार आवश्यक व्यक्तिलाई ‘क्यूआर कोड’ दिइनेछ।

दर्ता भएका सवारीसाधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अङ्कको आधारमा पालो पाउनेछन्। जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved