माओवादी गठबन्धनबिना चुनाव लड्दैन, पार्टनर खोजिहाल्छ : बालकृष्ण खाँण

नेपालभ्युज

माओवादी गठबन्धनबिना चुनाव लड्दैन, पार्टनर खोजिहाल्छ : बालकृष्ण खाँण
फाइल तस्वीर ।

काठमाडौं। गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र गठबन्धनबिना चुनाव नलड्ने दाबी गरेका छन्।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले प्रश्न उठाएपछि उनले यही गठबन्धन रह्यो भने जसको सिट पनि जान सक्ने बताएका हुन्।

उनले भने, “माओवादी गठबन्धनबिना एक्लै चुनाव लड्दै लड्दैन। हामीले गठबन्धन गरेनौँ भने अर्को पार्टनर खोजिहाल्छ। यही गठबन्धन कायम रह्यो भने जसको पनि सिट जान सक्छ, त्यसका लागि सबै तयार रहनुपर्छ।”

उनले नेता शेखर कोइरालाप्रति सुराकी खटाएको आरोपको पनि खण्डन गरेका छन्। “गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुन्छ। कसैको सुराकी गर्दैन। अहिले पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन”, कोइरालालाई जवाफ दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved