थप २ सय ५ जनामा कोरोना पुष्टि

नेपालभ्युज

थप २ सय ५ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन्।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved