नेटफ्लिक्स र माइक्रोसफ्टले एक समझदारी गरेका छन्। यससँगै अब नेटफ्लिक्सले विज्ञापनसमर्थित सदस्यता योजना पनि ल्याएको छ। नेटफ्लिक्सले ग्राहक संख्या कम हुँदा पनि यस्तो योजना ल्याउने घोषणा गरेको हो।
दुवै कम्पनीले यो जानकारी आफ्नो ब्लगमा सेयर गरेका छन्। तर, विज्ञापनसमर्थित योजना कहिलेदेखि ल्याइने भन्ने निश्चित मिति भने बताइएका छैनन्।
माइक्रोसफ्टले नेटफ्लिक्सको साथ पाउँदा निकै रोमाञ्चित भएको बताएको छ। माइक्रोसफ्टले विज्ञापन आवश्यकताहरूको साथ नेटफ्लिक्स दर्शकहरूमा पुग्ने बताएको छ। अर्थात्, नेटफ्लिक्समा विज्ञापनहरू माइक्रोसफ्ट प्लेटफर्ममार्फत मात्र आउनेछन्।
नेटफ्लिक्सले यसको विज्ञापनरहित आधारभूत, मानक र प्रिमियम योजनाहरू नयाँ र पुराना दुवै ग्राहकहरूका लागि उपलब्ध गराउने भएको हो।
साझेदारीबारे नेटफ्लिक्स सीओओ ग्रेग पीटरले भने, ‘यो केवल प्रारम्भिक दिनहरू हो। हाम्रो उद्देश्य एकदम स्पष्ट छ। हामी ग्राहकलाई पूर्ण रूपमा फरक अनुभव दिन चाहन्छौं।’
यस महिनाको शुरुमा नेटफ्लिक्सले एपको समर्थित मोडलका लागि वार्नर ब्रदर्स, युनिभर्सल र सोनी पिक्चर्स टेलिभिजनसँग कुराकानी गरिरहेको रिपोर्ट आएको थियो। यद्यपि नेटफ्लिक्सले अहिलेसम्म त्यस्तो कुनै स्पष्टीकरण भने दिइसकेको छैन।
नेटफ्लिक्सले पहिलो त्रैमासिकमा २ लाख सदस्य गुमाएको बताएको छ। कम्पनीले अहिले अन्य धेरै ब्रान्डहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। अमेजन प्राइम र डिज्नीका कारण नेटफ्लिक्सका ग्राहक पनि घटेको अनुमान गरिएको छ। साथै, कमजोर अर्थतन्त्रका कारण धेरै मानिसले यसको योजनाहरू किन्न सकेका छैनन्।
रुस-युक्रेन युद्धका कारण ७ लाख सदस्य गुमाउनुको एउटा कारण नेटफ्लिक्सको सदस्यता योजनाको उच्च लागत पनि भएको अनुमान गर्न सकिन्छ।
Facebook Comment
Comment