पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

भित्री खोला जलविद्युत आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

नेपालभ्युज

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत। जुम्लामा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ।

हिमा गाउँपालिका– १ आचार्यलिहीमा भित्री खोला जलविद्युत आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

गएराति करीब साढे २ बजे पहिरोमा पुरिएर आयोजनाको पावर हाउसका अपरेटर गोरखबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत, उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

“एक्कासी घर भासिएको तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए,” उनले भने, “एक्कासी बत्ति गएपछि पावर हाउसमा हेर्न जादाँ तीनै जनाको मृत्यु भइसकेको थियो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved