राप्रपाका चार जना नेतालाई २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

राप्रपाका चार जना नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको हितविपरीत कार्यहरू गरेको भन्दै नेताहरू दिलनाथ गिरी र श्याम तिमल्सिना, दिलविकास राजभण्डारी र राजाराम श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। पार्टीप्रति जिम्मेवार भूमिका ननिभाएको र अनधिकृत वार्ता समिति समेत बनाएको बैठकले निर्णय गरेको छ।

पार्टीको नेतृत्व पंक्तिमा निरन्तर आन्तरिक विवाद भइरहेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। यस्तै महामन्त्री कुन्तीकुमारी शाहीको चरित्रहत्या हुने गरी आएको समाचारप्रति पनि बैठकले ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीमा केही दिनयता समय विवाद चर्किँन थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved