मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन, अहिलेको सरकारले गर्‍यो : ओली

उनले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताए।

नेपालभ्युज

मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन, अहिलेको सरकारले गर्‍यो : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकार उल्लंघन नगरेको दाबी गर्दै अहिलेको सरकारबाट मानव अधिकार उल्लंघनका घटनाहरू भएको आरोप लगाएका छन्।

बुधबार मानव अधिकार एलायन्सको कार्यक्रममा उनले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको र आगामी दिनमा पनि नगर्ने बताए। आफू गृह, परराष्ट्र हुँदै प्रधानमन्त्रीसमेत भएकोमा त्यस्ता घटना आफूबाट नभएको उनको दाबी थियो।

तर अहिलेको सरकारले भने मानव अधिकार उल्लंघन गरिरहेको आरोप उनले लगाए। उनले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताए।

निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्यपक्षबाट भएको आरोप उनको थियो। विपक्षीलाई थुनेर, बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ थियो।

ओलीले रेडक्रसमा अदालतको आदेसविपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र गणतन्त तथा कानूनी राजको उपहास राज्यले गरेको आरोप उनले लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved