श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, अमेरिकाले भिसा नदिएपछि मालदिभ्समा

श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। अमेरिका जानको लागि भिसा एप्लाई गरेका उनलाई अमेरिकाले रिजेक्ट गरिदिएपछि मालदिभ्स भागेको बीबीसीले जनाएको छ।

नेपालभ्युज

श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, अमेरिकाले भिसा नदिएपछि मालदिभ्समा

काठमाडौं। श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। अमेरिका जानको लागि भिसा एप्लाई गरेका उनलाई अमेरिकाले रिजेक्ट गरिदिएपछि मालदिभ्स भागेको बीबीसीले जनाएको छ।

उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत मालदिभ्स भागेका हुन्।

बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए। उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ। यसअघि उनी देश छाडेर भागेको भनिएको थियो। गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्।

शनिवार राष्ट्रपति निवास प्रदर्शनकारीले नियन्त्रणमा लिएको थियो। त्यससमयमा उनी निवासमा नभेटिएपछि बंकरबाट भागेको आशंका गरिएको थियो।
त्यसैबीचमा उनले आफूले बुधबार राजीनामा दिने घोषणा गरेका थिए।
राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका छन्। संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले शासन सञ्चालन गर्नेछन्।

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेका छन्।
सभामुखले आउँदो साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई गराएका छन्।
त्यहाँ राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ। श्रीलङ्काले केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved