विदेशबाट सुनका गरगहना लगाएर आउनेलाई विमानस्थलमा कडाइ नगर्न माग

नेपालभ्युज

विदेशबाट सुनका गरगहना लगाएर आउनेलाई विमानस्थलमा कडाइ नगर्न माग

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशबाट सुनका गरगहना लगाएर आउनेलाई विमानस्थलमा कडाइ नगर्न माग गरेको छ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार भन्सार विभाग पुगेको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई कडाइ अवरोध नगर्न अनुरोध गरेका हुन्।

नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले त्यसमा सहजीकरण गर्न आग्रह गरेका हुन्।

महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाए। विमानस्थल भन्सारबाट आवतजावत गर्दा अवरोध गर्न नहुने उनको भनाइ छ।

विद्यमान व्यवस्था अनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउने पाउने व्यवस्था छ। तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन। नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने, तर बाहिरबाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समते भन्सार लिने गरेको पाइएपछि व्यवसायीहरुले त्यसको विरोध गरेका हुन्।

भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्याको अध्ययन गरी त्यसलाई सम्बाेधन गर्न पहल गर्ने बताए। कतिपय व्यक्तिले गगहनाको बहाना बनाएर अवैध रुपमा सुन नै ल्याउन खोजेको भेटिएपछि यसका कडाइ गर्नुपरेको उनकाे भनाइ छ।


Comment

2 thoughts on “विदेशबाट सुनका गरगहना लगाएर आउनेलाई विमानस्थलमा कडाइ नगर्न माग

  1. If any individual is arrived wearing Nepali style jewelry from out side he can bring upto 50 grams without paying duties, but it exceeds 50 grams they should pay duties. Here question arise,
    A. If anyone has gone abroad with wearing Nepali style jewelry they have to show it to the customs authority and get proof for it, then he can bring back that jewelry with him,
    B. I think Nepali style jewelry is not available in foreign markets,
    C. It is a individual case, how the association is related here? So question arise:-
    Either it is a way of bringing gold inside the country by the traders using individual passenger or this jewelry belongs to the members of the association?

  2. One more the association should ask the customs department to stop this, coz if people brings Nepali jewelry from outside it will hamper their trade here, they can’t sell jewelry,
    But they are demanding customs should exempt even if exceed 50 grams for Nepali jewelry, how they demand it?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved