जोकोभिचले जिते लगातार चौथो पटक विम्बल्डनको उपाधि

सर्बियन स्टार जोकोभिचको यो समग्रमा सातौँ विम्बल्डन उपाधि हो।

नेपालभ्युज

जोकोभिचले जिते लगातार चौथो पटक विम्बल्डनको उपाधि

काठमाडौं। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले लगातार चौथो पटक विम्बल्डन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन स्टार जोकोभिचको यो समग्रमा सातौँ विम्बल्डन उपाधि हो।

उनीभन्दा बढी उपाधि जित्ने रोजर फेडेरर मात्र रहेका छन्। फेडेररले सर्वाधिक आठ पटक विम्बल्डन उपाधि जितेका छन्।

फाइनल भिडन्तमा सर्बियन खेलाडी जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै अष्ट्रेलियन खेलाडी निक किर्गियोसलाई पराजित गरे। फाइनलको पहिलो सेट शीर्ष वरीयताका जोकोभिचले ४–६ ले गुमाएका थिए।

तर, यसपछि खेलमा फर्कँदै उनले ४० औँ वरीयताका खेलाडी किर्गियोसविरुद्धको तीन सेट ६–३, ६–४ र ७–६ ले आफ्नो पक्षमा पार्दै उपाधि पक्का गरेका थिए।

जोकोभिचको यो २१ औँ ग्राण्डस्लाम टेनिस उपाधि हो। जोकोभिच विश्व टेनिसमा सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्।

पहिलो स्थानमा रहेका स्पेनिस खेलाडी राफयल नाडालको ग्राण्डस्लाम उपाधि जोकोभिचको भन्दा एउटा बढी अर्थात २२ ओटा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved