श्रीलङ्कामा नयाँ सरकार गठनको तयारी थाल्दै विपक्षी दल

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ। प्रमुख विपक्षी दल मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालिएको हो।

नेपालभ्युज

श्रीलङ्कामा नयाँ सरकार गठनको तयारी थाल्दै विपक्षी दल

काठमाडौं। श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ। प्रमुख विपक्षी दल मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालिएको हो।

प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताए।

विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ। राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन्।

प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपति राजपाक्षे कहाँ हुनुहुन्छ भन्ने अझैसम्म थाहा छैन्। यस्तै, राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ। प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् ।
बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ। अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved