राजापाक्षेको राजीनामा नआएसम्म प्रदर्शनकारीले राष्ट्रपति निवास नछाड्ने

लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपति निवास कब्जा गरेपछि श्रीलंकामा राष्ट्रपति निवास र उनको प्रशासकीय भवन अझै प्रदर्शनकारीको नियन्त्रणमा छ । उनीहरू राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा आधिकारिक रूपमा नआएसम्म यी ठाउँ नछोड्ने अडान लिएका छन्।

नेपालभ्युज

राजापाक्षेको राजीनामा नआएसम्म प्रदर्शनकारीले राष्ट्रपति निवास नछाड्ने

एजेन्सी। लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपति निवास कब्जा गरेपछि श्रीलंकामा राष्ट्रपति निवास र उनको प्रशासकीय भवन अझै प्रदर्शनकारीको नियन्त्रणमा छ । उनीहरू राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा आधिकारिक रूपमा नआएसम्म यी ठाउँ नछोड्ने अडान लिएका छन्।

नागरिकको धैर्यको बाँध फुटेपछि दुई दशकदेखि श्रीलंकाको शासन सत्तामा हालीमुहाली गरिरहेको राजापाक्षे वंशको राजनीति अन्त्यको सन्निकट देखिएको छ । सभामुख महिन्दा यपा एविवर्दनाले शनिबार साँझ ट्विट गरेर राष्ट्रपति गोटावाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै राजीनामा दिन सहमत भएको जानकारी प्रवाह गरेका थिए । सभामुखले राजापाक्षेको राजीनामाको निर्णयलाई शान्तिपूर्ण शक्ति हस्तान्तरणको सुनिश्चितताका रूपमा अथ्र्याएका छन् । सत्ताको सहज हस्तान्तरणलाई सुनिश्चित गर्न सभामुखले प्रदर्शनकारीलाई शान्ति कायम राख्न आग्रह पनि गरेका छन्।

प्रधानमन्त्री विक्रमासिंघेले आफूले राजीनामा दिने भने पनि नयाँ सरकार नबनुन्जेल आफू पदमै रहने बताएका छन्। तर, उनको यो रणनीतिले तत्काल बहिर्गमनको माग गरिरहेका प्रदशर्नकारीलाई आक्रोशित बनाउन सक्ने जोखिम छ। अबको केही दिन श्रीलंकाको राजनीतिक माहोल अत्यन्त तरल रहने राजनीतिक विश्लेषकहरू बताउँछन्। उनीहरूलाई अझै पनि यी दुवै नेताले भनिएअनुसार नै राजीनामा गर्नेमा आशंका छ । राजापाक्षेले आफ्नो क्षति कम गर्न नयाँ बन्ने सरकारलाई आफूअनुकूल बनाउने प्रयास गर्नेछन। यसले पनि शक्ति शान्तिपूर्ण रूपले हस्तान्तरण होला भन्नेमा आशंका देखिन्छ ।

संविधानअनुसार विक्रमासिंघे र राजापाक्षे दुवैले राजीनामा दिए भने अधिकतम ३० दिनका लागि श्रीलंकाका सभामुख कार्यवाहक राष्ट्रपतिका रूपमा पदमा आउनेछन्। यसबीचमा संसद्ले सांसदमध्येबाट नयाँ राष्ट्रपतिको चयन गर्नुपर्नेछ। यसरी चुनिएको राष्ट्रपतिले वर्तमान राष्ट्रपतिको कार्यकालको बाँकी अवधिको दुई वर्ष पदमा रहन पाउनेछन्। विपक्षी सांसद रउफ हाकिमले पनि सभामुखलाई कामचलाउ राष्ट्रपति बनाउने र अन्तरिम सरकारको काम चलाउने विषयमा सबै सहमत रहेको भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved