प्रदर्शनकारीले राजपाक्षेको करौडौं पैसा सेनालाई बाँडिदिए

नेपालभ्युज

प्रदर्शनकारीले राजपाक्षेको करौडौं पैसा सेनालाई बाँडिदिए

श्रीलंकामा विगत तीन महिनादेखि राजनीतिक र आर्थिक उथलपुथलका बीच आन्दोलनकारीहरूले हिजो राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा हमला गरेका थिए।

त्यसपछि प्रदर्शनकारीले यहाँ खोजी गर्दा करिब ९१.७८ करोड श्रीलंकाली रुपैयाँ नगद भेटिएको छ। आन्दोलनकारीले सबै रकम सेनालाई बुझाएका छन्।

उता, राष्ट्रपति भवन कब्जा गरेपछि आन्दोलनकारीहरूले रमाइलो गरिरहेको देखिन्छ।

कोही राष्ट्रपतिको स्विमिङ पुलमा डुबकिरहेका छन् भने कोही राष्ट्रपतिको कुर्सीमा बसेर फोटो खिचिरहेका छन्। उही समयमा, कोही रोयल किचनमा डिनर गरिरहेको देखिन्छन भने कोही राष्ट्रपतिको बेडरूममा आराम गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved