पश्चिमा राष्ट्रलाई पुटिनको चेतावनी : युक्रेनलाई समर्थन गर्ने भए हामीसँग युद्ध गर्नुस्

नेपालभ्युज

पश्चिमा राष्ट्रलाई पुटिनको चेतावनी : युक्रेनलाई समर्थन गर्ने भए हामीसँग युद्ध गर्नुस्
राष्ट्रपति भ्लादिमिर पुटिन

रूस-युक्रेन युद्ध चार महीनाभन्दा बढी भइसक्यो। युक्रेनमा भएको आक्रमण र राष्ट्रपति पुटिनको भनाइबाट रूसको नियत स्पष्ट देखिइसकेको थियो।

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई प्रत्यक्ष युद्धमा सामेल हुन चुनौती दिएका छन्। पुटिनले भने, ‘यदि पश्चिमी देशहरूले युक्रेनलाई समर्थन गर्न चाहन्छन् भने हामीविरुद्ध युद्धमा सामेल हुनुहोस्।’

तर, पुटिनले २४ फेब्रुअरीदेखि युक्रेनविरुद्ध जारी आक्रमणलाई सैन्य कारबाही भनेका छन्। उनले भने, ‘अहिले पनि आक्रमण शुरु भएको छैन,’ पश्चिमी देशहरूप्रति असन्तुष्टि व्यक्त गर्दै पुटिनले थपे, ‘रूसमाथि लगाइएको प्रतिबन्धका कारण युक्रेनसँग शान्ति वार्ता गर्न गाह्रो भइरहेको छ।’

रूसी सेनाले युक्रेनका खार्किभ र डोनबासका धेरै क्षेत्रमा हवाई हमला गरेको छ। उक्त आक्रमणमा ३ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए।

पुटिनले युक्रेनका जनताप्रति समवेदना पनि व्यक्त गरेका छन्। भने, ‘पश्चिमी देश आफैंले युक्रेनका जनतालाई युद्धमा सामेल नभई लड्न दबाब दिइरहेका छन्।’

उनले युक्रेनविरुद्ध युद्धमा शान्ति कायम राख्ने कुरा पनि औंल्याए। यससँगै पश्चिमा देशलाई पनि चेतावनी दिएका छन्। पुटिनले भने, ‘हामी शान्तिविरुद्ध होइनौं, तर जो यसको विरुद्धमा छन्, उनीहरूले यो कुरा बुझ्नुपर्छ कि पश्चिमा मुलुकको हस्तक्षेप जति बढ्दै जान्छ, शान्ति कायम राख्न त्यति नै गाह्रो हुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved