अनिता बस्नेत ‘मास्टर्नी’को ‘तिमीसँग’ भिडिओ सार्वजनिक

‘मास्टर्नी’ र सागर लम्साल बलेको अभिनयमा नयाँ गीत ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको हो। चार महिनाअघि मात्र ‘बैँसको गोली’ बोलको भिडिओ ल्याएर तहल्का मच्चाएकी उनले अहिले फेरि अर्को म्युजिक भिडिओ सार्वजनिक गरेकी हुन्।

नेपालभ्युज

अनिता बस्नेत ‘मास्टर्नी’को ‘तिमीसँग’ भिडिओ सार्वजनिक

काठमाडौं। चर्चित हाँस्य कलाकार ‘मास्टर्नी’ को वास्तविक नाम अनिता हो। थर बस्नेत। हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट ‘मास्टर्नी नामले परिचित उनी अहिले ‘हल्का रमाइलो’ हाँस्य टेलिसिरियलकी प्रमुख पात्र हुन्।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) को संयुक्त निर्देशनमा हास्यव्यङ्ग्य टेलीश्रृंखला ‘हल्का रमाइलो’ शुरु भएको तीन वर्ष पुग्न लागेको छ। हालसम्मका सबैजसो भाग नछुटाएकी ‘मास्टर्नी’ अर्थात् अनिता बस्नेत म्युजिक भिडिओमा पनि उत्तिकै देखिँदै आएकी छिन्।
चार महिनाअघि मात्र ‘बैँसको गोली’ बोलको भिडिओ ल्याएर तहल्का मच्चाएकी उनले अहिले फेरि अर्को म्युजिक भिडिओ सार्वजनिक गरेकी छिन् आफ्नै युट्युब च्यानलबाट।

उनै ‘मास्टर्नी’ र सागर लम्साल बलेको अभिनयमा नयाँ गीत ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको हो। सागर लम्साल तीनै पात्र हुने जो अर्को चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ का प्रमुख पात्र ‘बले’। अस्मिता अधिकारी र सुवास ओखेको स्वर रहेको ‘तिमीसँग’ गीतमा राम सिटौलाको शब्द संगीत छ।

भिडिओमा मोडेल तथा हास्य कलाकार अनिता बस्नेत ‘मास्टर्नी’ र सागर लम्सालको जोडीको मनमोहक अभिनय देख्न सकिन्छ। भिडिओको निर्देशन राजीव समरले गरेका हुन्। अनिता बस्नेत ‘मास्टर्नी’ले ‘पारी बन हरियो सल्लाघारीले’ लगायत थुप्रै गीतमा मोडलिङ गरिसकेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved