सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ।

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य ताेलामा तीन सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार दुई सय तोकिएको थियो।

शुक्रबार ९६ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर ९७ हजार पुगेको छ।

चाँदीको मूल्य भने आज घटेको छ। शुक्रबार एक हजार २१० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुई सय तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved