लिवियाको मरुभूमिबाट अवैध रूपमा युरोप हिँडेका २० जनाको शव फेला 

झन्डै १४ दिनअघि हराएका उनीहरू सबैको दक्षिण पश्चिमी कुर्फा नजिकैको सीमादेखि ३ सय २० किलोमिटर दुरीमा शव फेला परेको हो। 

नेपालभ्युज

लिवियाको मरुभूमिबाट अवैध रूपमा युरोप हिँडेका २० जनाको शव फेला 

एजेन्सी। अफ्रिकी मुलुक लिबियाको मरुभूमिमा हराएका २० जनाको शव फेला परेको छ। स्थानीय समयअनुसार मङ्गलवार सो क्षेत्र हुँदै यात्रा गरिरहेका एक ट्रक चालकले उनीहरूको शव देखेका थिए।

झन्डै १४ दिनअघि हराएका उनीहरू सबैको दक्षिण पश्चिमी कुर्फा नजिकैको सीमादेखि ३ सय २० किलोमिटर दुरीमा शव फेला परेको हो।

मृतक सबै चाड मुलुकका आप्रवासी रहेको र उनीहरू लिविया हुँदै युरोपेली मुलुकको यात्रा गरिरहेको बताइको छ। अन्तर्राष्ट्रिय आप्रवासी संस्था आइओएमका अनुसार गत वर्ष मात्र लिविया र चाडजस्ता मुलुकबाट मात्र १५ सयभन्दा बढी शरणार्थी अवैध बाटो हुँदै युरोपेली मुलुक पुगेका छन्।

उनीहरू सबैको पानी खान नपाएका कारण मृत्यु भएको बुधवार अन्तर्राष्ट्रिय मिडियाहरूले समाचार प्रकाशित गरेका छन्।
कुर्फाका एम्बुलेन्स प्रमुख इब्राहिम बेलहसनले बुधवार दिएको जानकारीअनुसार जुन १४ गतेदेखि हराइरहेका उनीहरू सबैको छुट्टाछुट्टै स्थानमा शव फेला परेको हो। ४० डिग्री सेल्सियसको तापक्रममा मरुभूमि हुँदै यात्रा गरिरहेका सबैले पानी पिउन नपाएपछि मृत्यु भएको पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved