भोलि दिउँसोसम्म नै झरीको सम्भावना

नेपालका विभिन्न स्थानमा गएरातिदेखिको झरी अझै रोकिएको छैन। झरी भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

नेपालभ्युज

भोलि दिउँसोसम्म नै झरीको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं। नेपालका विभिन्न स्थानमा गएरातिदेखिको झरी अझै रोकिएको छैन। झरी भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् वरुण पौडेलका अनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ। भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उनले बताए।

हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ।

यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगन्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ। एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved