अमेरिकामा ८ वर्षीय बालकले गोली चलाउँदा एक जनाको मृत्यु

फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बालकको मृत्यु भएको छ। गोली लागेर सानो बहिनी घाइते भएकी छिन्।

नेपालभ्युज

अमेरिकामा ८ वर्षीय बालकले गोली चलाउँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

वासिंगटन। फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बालकको मृत्यु भएको छ। गोली लागेर सानो बहिनी घाइते भएकी छिन्। आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको हो।

घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ। उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए।
उक्त वियोगान्त घटना एउटा होटेलमा भएको थियो। आपराधिक रेकर्ड भएका रोडिकले होटेलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved