‘ह्रस्वदीर्घ’मा ब्रह्मानन्दम पनि

नेपालभ्युज

‘ह्रस्वदीर्घ’मा ब्रह्मानन्दम पनि

काठमाडौँ । दक्षिण भारतका सुप्रसिद्ध हास्य कलाकार ब्रह्मनन्दम नेपाली फिल्ममा पनि देखिने भएका छन्। नायिका नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा उनी देखिने भएका हुन्।

चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा अरू सबै कलाकारभन्दा महँगो पारिश्रमिक लिएर ब्रह्मानन्दमसँग सम्झौता भएको निर्माण टिमले जनाएको छ।

ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्डमा रेकर्ड भएका छन्। फिल्ममा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका जनाइएको छ।

सुनिल वर्मा केही समय प्रदर्शित दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का खलनायक पात्र हुन्। प्रदीपराज पनि दक्षिण भारतीय चर्चित कलाकार हुन्। उनी ‘गजनी’ बाट चर्चित भएका थिए। फिल्म नेपाल र भारतमा सुटिङ हुने बताइएको छ। फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved