लिफ्ट मागेर लुटेको कार भेटियो, लुटेरा समूह फरार

नेपालभ्युज

लिफ्ट मागेर लुटेको कार भेटियो, लुटेरा समूह फरार

धनगढी। महेन्द्रनगरबाट लिफ्ट तीन जनाले लिफ्ट मागेर बीच बाटोमा लुटेको कार भेटिएको छ।

प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार भेटिएको हो। उक्त कार कैलालीको गोदावरी नगरपालिका ०१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार सकुसल रहेको र घटना संलग्न लुटेरा समूहको खोजी भइरहेको प्रहरीले बताएको छ। डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भागेका थिए।

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले हानेर,  कुटपिटसमेत गरी बाँधेर कार लिएर भागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved