कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, ३ सय ३५ घर डुबानमा

पोखरा महानगरपालिका २५ हेम्जाका ३ सयभन्दा बढी घर डुबानमा परेका छन्। डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्।

नेपालभ्युज

कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, ३ सय ३५ घर डुबानमा
सांकेतिक तस्वीर

काठमाडौं। पछिल्लो २४ घण्टामा कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको जनाइएको छ। २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढी पहिरोको जोखिमको खतरा हुने बताइन्छ।

अविरल वर्षाका कारण कास्कीमा ३ सय २५ बढी घर डुबानमा परेका छन्। पोखरा महानगरपालिका २५ हेम्जाका ३ सयभन्दा बढी घर डुबानमा परेका छन्। डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्।

भारी वर्षाका कारण बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिँदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ।

बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढी गण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरू लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुमा बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved