सुर्खेतमा देखियो बर्डफ्लू

एकैदिन फार्मका एकसय टर्की मरेका छन्। फार्ममा रहेका एक हजार पाँच सय टर्की पनि मार्ने तयारी भइरहेको छ।

नेपालभ्युज

सुर्खेतमा देखियो बर्डफ्लू
फाइल तस्वीर

सुर्खेत। सुर्खेतमा बर्डफ्लू देखिएको छ।

सुर्खेतको वीरेन्द्रनगर–३ एक व्यावसायिक किसानको फार्ममा पालेका कुखुरा र टर्कीमा बर्डफ्लू देखिएको हो।

फार्मका एकसय टर्की एकैदिन मरेपछि कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएको पशुपन्छी विकास निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले बताए।

‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो,’’ उनले भने, ‘‘पशु चिकित्सकको टोली उक्त क्षेत्रमा गएर अनुसन्धान गर्दैछ।’’

उक्त फार्ममा साना ठूला एक हजार पाँच सय टर्की रहेको र मार्ने तयारी भइरहेको सूचना अधिकारी चपाइँले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved