काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्यमान्यताको राजनीति हराउँर्दै जान थालेको बताएका छन्।
गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुनस्थापना एवं सम्वर्द्धनका लागि योगदान गरेका व्यक्तिको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताए।
कार्यक्रममा नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गरेका थिए।
गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यानगोविन्द रञ्जित, हिमालय शमशेर राणा, मनज्ञ लाकोललाई प्रदान गरको छ।
त्यस्तै हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल,नारायणप्रसाद भट्टराई,पूर्णानन्द शर्मा,दिलीप सापकोटा,योगप्रसाद उपाध्याय, स्वर्गीय गणेश कर्माचार्य र चम्पा थारुलाई पनि सम्मान गरिएको छ।
Facebook Comment
Comment