भारतको आसाममा बाढीका कारण कम्तीमा ३४ जनाको ज्यान गयो

भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ। आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको छ। त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ। गाउँहरू डुबानमा परेका छन्।

नेपालभ्युज

भारतको आसाममा बाढीका कारण कम्तीमा ३४ जनाको ज्यान गयो

काठमाडौं। भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ। आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको छ। त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ। गाउँहरू डुबानमा परेका छन्।

त्यहाँका ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ। भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ।

आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ। तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो। गएको मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved