‘अग्निपथ योजना’को विरोधमा भारत बन्द

भारत सरकारले ल्याएको अग्निपथ योजनाको देशैभर विरोध हुँदै गर्दा आजको भारत बन्द कार्यक्रम घोषणा गरिएको हो। विरोधमा उत्रिएका युवाहरुले यसअघि देशका विभिन्न भाग भएर चल्ने रेलमा आगो लगाएका थिए।

नेपालभ्युज

‘अग्निपथ योजना’को विरोधमा भारत बन्द

एजेन्सी। भारत सरकारले ल्याएको अग्निपथ योजनाबाट क्रुद्ध भएका भारतीयहरुले आज भारत बन्दको घोषणा गरेका छन्। अग्निपथ भारत सरकारले भारतीय सेनामा युवाहरुलाई भर्ना गर्न ल्याएको योजना हो।

यस अग्निपथ योजना अन्तर्गत भारत सरकारले युवाहरुलाई चार वर्षका लागि सेनामा लिने बताएको छ। चार वर्षपछि यस योजनाअन्तर्गत सेनामा जागिर खाएका निश्चित प्रतिशत युवालाई सेनामा राख्दै अरुलाई बिदा गर्ने सरकारले बताएको थियो।

युवाहरु भने सरकारको यो योजनाले आफूहरुको भविष्य सुरक्षित नहुँने भन्दै कडा विरोधमा उत्रिएका छन्। सरकारले यो योजना अन्तर्गत सेनामा भर्ना हुनाका लागि १७ देखि २१ वर्षको उमेरहद तोकेको छ। यसअघि २३ वर्षसम्मका युवाले आवेदन दिने मिल्नेमा हाल उमेरहद घटाएर २१ वर्ष पुर्‍याइएको छ।

युवाहरु आन्दोलित हुनुमा यसलाई पनि एउटा कारण बताइएको छ। कोभिड महामारीको समयमा भारतका १० राज्यमा विधानसभाको निवार्चन हुँदा कोभिड महामारीलाई देखाएर सरकारले सेनामा हुने भर्ना प्रक्रियालाई राकेको थियो। अहिले भर्ना प्रक्रिया शुचारु गर्दा कोभिडका कारण दुई वर्ष पर्खिएका युवालाई सम्बोधन गर्न सरकार चुकेको उनीहरुको आरोप छ।

सरकारी कदमको विरोधमा युवाहरु आन्दोलित भएसँगै भारत सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। सुरक्षा व्यवस्था कडा बनाउने क्रममा राज्य सरकारहरुले पनि आन्दोलन लगायतका गतिविधिमा संलग्न नहुका लागि युवाहरुलाई आग्रह गरेका छन्।

भारत सरकारले ल्याएको अग्निपथ योजनाको देशैभर विरोध हुँदै गर्दा आजको भारत बन्द कार्यक्रम घोषणा गरिएको हो। विरोधमा उत्रिएका युवाहरुले यसअघि देशका विभिन्न भाग भएर चल्ने रेलमा आगो लगाएका थिए।

सरकारले ल्याएको योजनको विरोधमा भारतका ११ राज्यमा विरोध प्रर्दशन हुँदै आएको छ। दिल्ली, उत्तर प्रदेश, विहार, हरियाणा, तेलङगाना, उडिसा, वेष्ट बंगाल, मध्य प्रदेश, पञ्जाब, झारखण्ड र आसाम राज्यका युवा आन्दोलित छन्।

भारत सरकारले भने आफ्नो योजनाको बचाउ गर्दै आएको छ। सरकारले योजना अन्तर्गत चार वर्षपछि सेवाबाट बाहिरिने युवाहरुलाई आर्थिक प्याकेजको व्यवस्था गरिएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved