दुर्गा प्रसाईंको सिटी स्क्यान मेसिन उद्घाटन गर्न झापा पुगे दुबईका राजकुमार

नेपालभ्युज

दुर्गा प्रसाईंको सिटी स्क्यान मेसिन उद्घाटन गर्न झापा पुगे दुबईका राजकुमार

काठमाडौं। झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा शुरु गर्ने भएको छ।

आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम सो पेट सिटीको उद्घाटन गर्न झापा आइपुगेका छन्। शनिबार बिहान निजी विमानबाट काठमाडौं झरेका राजकुमार लगत्तै भद्रपुर झापा पुगिसकेका छन्।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले शनिबार पत्रकार सम्मेलन गरी यूएई राजकुमारबाट सेवा उद्घाटन गर्ने जानकारी दिए।

अस्पतालले २ वर्षअघि ल्याएको पेट सिटी स्क्यान मेसिन कार्यविधि अभावका कारण सञ्चालनमा आउन सकेको थिएन। पेट सिटीमा प्रयोग हुने साइक्लोटोन कार्यविधि नबनाएका कारण रोकिएको थियो।

साइक्लोटोन प्रयोगसम्बन्धी कार्यविधि बनेसँगै राजधानी बाहिर पहिलोपटक पेट स्क्यान सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले शुरु गर्ने भएको छ। झापामा पेट सिटी सेवा शुरु भएसँगै क्यान्सरको फैलावट पत्ता लगाउन भारत र अन्य देश जानुपर्ने बाध्यता अन्त्य हुने कार्यकारी निर्देशक प्रसाइले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved