काठमाडौंमा दुई बिरामीमा हैजाको आशंका, आईसीयूमा उपचार हुँदै 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचरका लागि आएका बिरामीमा हैजाको आंशका गरिएको अस्पतालकी निर्देशक मनीषा रावलले बताइन्।

नेपालभ्युज

काठमाडौंमा दुई बिरामीमा हैजाको आशंका, आईसीयूमा उपचार हुँदै 

काठमाडौं। खतरनाक महामारीको रूप लिन सक्ने हैजाका बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचरका लागि आएका बिरामीमा हैजाको आंशका गरिएको अस्पतालकी निर्देशक मनीषा रावलले बताइन्।

हैजा पुष्टि नभए पनि लक्षण देखिएको उनले बताइन्। ‘‘काठमाडौंको मोडेल अस्पतालमा उपचाररत २ जना युवतीहरू गम्भीर बिरामी हुनुभएको थियो। त्यहाँको प्रयोगशालामा गरिएको परिक्षणबाट हैजाको आशंका भयो। अहिले हामीले उहाँको स्वाब परीक्षण गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। शनीबारसम्म उहाँहरूको रिर्पाेट आउने छ।’’

उनीहरूको अहिले आईसीयूमा राखेर उपचार हुँदै छ। काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा सरेको हुन सक्ने चिकित्सकहरूले चेतावनी दिँदै आएका थिए।  टेकु अस्पतालमा  झाडापखालाका बिरामी पनि धेरै जना उपचाररत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved