बेलायतमा मंकिपक्सका बिरामीको संख्या ५०० नाघ्यो

संक्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि यस रोगले असर गर्ने सम्भावना रहेको पनि हेम्यानले बताए।

नेपालभ्युज

बेलायतमा मंकिपक्सका बिरामीको संख्या ५०० नाघ्यो
सांकेतिक तस्वीर ।

एजेन्सी। पछिल्लो आधिकारिक तथ्यांक अनुसार बेलायतमा बुधबारसम्ममा मंकिपक्सका बिरामीको संख्या ५०० नाघेको छ।

यूके हेल्थ सेक्युरिटी एजेन्सीले इंगल्याण्डमा मंकिपक्सका ५२ नयाँ घटनाहरू दर्ता भएको बताएको छ ।

स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा पुष्टि भएका संक्रमित संख्या ५२४ पुगेको छ।

इंल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।

नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दो पाइएको छ । समलिंगी, उभयलिंगी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो संक्रमण देखिएको एजेन्सीले जनाएको छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका संक्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी संक्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।

समग्र जोखिम सानो देखिएको भन्दै एजेन्सीले सबैजना सतर्क रहनुपर्ने र सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका बताएको छ।

संक्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि यस रोगले असर गर्ने सम्भावना रहेको पनि हेम्यानले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved