हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयता खारेजी माग गर्दै राप्रपाको ध्यानाकर्षण

नेपालभ्युज

हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयता खारेजी माग गर्दै राप्रपाको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागबारे सरकारको ध्यानाकर्षण गराएको हो।

राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रासायनिक मल अभाव, इम्बोस्ड नम्बर प्लेटलगायत विषयमा राष्ट्रव्यापी आन्दोलन शुरु गरिएको समेत जनाएको छ। त्यस्तै राप्रपाले खेतिपातीको समयमा नै किसानलाई मलखादको उपलब्ध गराउन माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved