उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपामै फर्किए

नेपालभ्युज

उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपामै फर्किए

काठमाडौं। राप्रपा नेपाल छाडेर गएका दुई नेता पुनः राप्रपामै फर्किएका छन्।

थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ राप्रपामै फर्किएका हुन्। दुवै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका हुन्।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए। सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए।

यस्तै समाजसेवी प्रमदा शाह राणा, सञ्चारकर्मी रीता लिम्बू, नेकपा मालेकी नेतृ नरकुमारी कार्कीलगायत पनि राप्रपामा प्रवेश गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved